ad ad

खेल


लेस्टरलाई हराउँदै चेल्सी उक्लियो तेस्रो स्थानमा

लेस्टरलाई हराउँदै चेल्सी उक्लियो तेस्रो स्थानमा

नेपालखबर
जेठ ५, २०७८ बुधबार १:२८,

इंग्लिस प्रिमियर लिगमा शीर्ष ४ को होडमा रहेको चेल्सी, लेस्टर सिटीलाई हराउँदै तेस्रो स्थानमा उक्लिएको छ।

मगंलबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले लेस्टरलाई २–१ ले पराजित गरेको हो। चेल्सीको जितमा एन्टोनियो रुडिगर र जर्गिन्होले गोल गरे। लेस्टरका केलिची इहेनाचोले एक गोल फर्काए।

जितसँगै चेल्सीले शीर्ष चारमा रहेर अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ। चेल्सीको ३७ खेलबाट ६७ अंक बनाएको छ। एक स्थान तल झरेको लेस्टरको समान खेलबाट ६६ अंक छ।

गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड रेलिगेसनमा परिसकेको फुलहमसँग बराबरीमा रोकियो। घरेलु मैदानमा अग्रता लिएपनि युनाइटेड १/१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो। खेलको १५ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए।

खेलको ७५औँ मिनेटमा फुलहमले बराबरी गोल फर्कायो। जो ब्रायनले बबी देकोर्दोभा रिडको क्रसलाई फार पोस्टबाट गोल गर्दै खेल बराबरीमा ल्याए।

बराबरीले म्यानचेस्टर युनाइटेडको ३७ खेलबाट ७१ अंक भएको छ। फुलहमको ३७ खेलमा २८ अंक छ।
गएराति नै भएको अन्य खेलमा म्यानचेष्टर सिटी ब्राइटन एण्ड होभ एल्बीयनसँग ३–२ ले पराजित भयो। लिड्सले साउथहेप्टनलाई १–० ले पाखा लगायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .