राष्ट्रिय महिला टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबकी मिडफिल्डर दीपा राईको खुट्टाको शल्यक्रिया गरिएको छ।
दिपाको दायाँ खुट्टाको गोलीगाँठा नजिक हड्डी पलाएर दुख्न थालेपछि बिहिबार बिएण्डबी अस्पतालमा शल्यक्रिया गरिएको हो।
डा. अमित जोशी नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो। डाक्टरले मैदान फर्कन ३ देखि ४ महिना लाग्ने बताएको दीपाले बताइन्।
उनले भनिन्, ‘पाँच छ महिनादेखि हड्डी पलाएर अप्ठ्यारो भएको थियो। राष्ट्रिय लिगपछि झन् गाह्रो हुन थाल्यो डाक्टरको सल्लाहअनुसार शल्यक्रिया गरेर त्यो हड्डी निकालिएको छ।’
उदयपुर, बेलका नगरपालिका ४ की दीपा २०६९ मा आर्मीमा आबद्ध भएकी थिइन्। सन् २०१४ मा तेस्रो महिला साफ च्याम्पियनसिपमा उनले राष्ट्रिय टोलीबाट डेब्यू गरेकी थिइन्।
3
Shares
प्रतिक्रिया