ad ad

खेल


मलेसियालाई नेदरल्यान्डले दियो १९२ रनको लक्ष्य

मलेसियालाई नेदरल्यान्डले दियो १९२ रनको लक्ष्य

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ८:६,

म्याक्स ओ डोडको विस्फोटक ब्याटिङ मद्दतमा काठमाडौंमा जारी टी–२० त्रिकोणात्मक शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेदरल्याण्डले मलेसियासामु १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९१ रनको योगफल तयार पारेको हो।

म्याक्स ओ डउड र वेन कुपरले ६९ बलकाे सामना गर्दै १ सय २५ रनको साझेदारी गरे।

७३ बलको सामना गरेका ओपनर डउडले १ सय ३३ रनको अविजित पारी खेले। उनले १५ चौका र ६ छक्का प्रहार गरे।

योसँगै डउड नेदरल्यान्ड्सका लागि टि–२० अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो खेलाडी पनि बने। ओ डउडले ५९ बलमा शतक हानेका थिए। यसअघि वर्तमान कप्तान पिटर शिलारको ९६ रनको स्कोर नै सर्वाधिक थियो। उनले १५ चौका र ६ छक्का प्रहार गरे।

कुपरले २० बलमा २ चौका मद्दतमा २० रनमा नटआउट रहे।

Max o dod22
म्याक्स ओ डउड

अर्का ओपनर टोबियस भिसे १ रनमा पवेलियन फर्के। स्कट एडवर्डसले ३१ रन जोड्दा एलबीडब्लु धरापमा परे।

न्युजिल्याण्डका ब्याट्सम्यानसामु निरिह देखिएका मलेसियाका पवनदिप सिंह र अन्वर रहमानले समान एक एक विकेट लिए।

मलेसियाका सैयद अजीजले आफ्नो स्पेलमा ४७ रन खर्चे पनि कुनै विकेट हात पार्न सकेनन्।

मलेसियाले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .