ad ad

कारोबार


मुलुकका प्रमुख धागो उद्योगी एकै ठाउँमा, श्रमिकको सीप विकासबारे छलफल

मुलुकका प्रमुख धागो उद्योगी एकै ठाउँमा, श्रमिकको सीप विकासबारे छलफल

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ७:५५,

मुलुकमा धागो उत्पादन गरिरहेका प्रमुख उद्योगीहरु एकै ठाउँमा जम्मा भएर श्रमिकको सीप विकासका बारेमा छलफल गरेका छन्।

यूके एडको सहयोगमा सञ्चालित रोजगारीका लागि सीप कार्यक्रम (सीप) ले आयोजना गरेको एक कार्यक्रममा उपस्थित भई सीप र नेपाल धागो उत्पादक संघको साझेदारीमा हासिल गरेको प्रभावको बारेमा जानकारी लिएका थिए।

कार्यक्रममा नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यान र नेपालका लागि बेलायती राजदूत निकोला पोलिट् सहभागी भएका थिए।

कार्यक्रममा रामचन्द्र संघाई, विष्णु न्यौपाने, अभीक ज्योति, अक्षय गोल्यान तथा शक्ति गाल्यान जस्ता धागो उद्योगका प्रमुख उद्योगीहरु पनि सहभागी भएका थिए।

उक्त कार्यक्रममा धागो उद्योगको रूपान्तरण तथा दिगो रोजगारी सिर्जनाको लागि लिनुपर्ने बाटोको बारेमा छलफल भएको थियो।

नोभेम्बर २०१९ देखि सुरुभएको संघ र सीपको बहुकारखाना साझेदारीले ४,००० व्यक्तिहरुलाई रोजगारसँग सम्बन्धित गुणस्तरीय सीप विकास तथा रोजगारीको अवसर प्रदान गरेको सीपले जनाएको छ।

साथै उक्त साझेदारीले त्रिवेणी स्पिनिङमिल, जगदम्बा स्पिनिङ मिल, रिलाएन्स स्पिनिङ मिल, ट्राईकोट इन्डष्ट्री तथा जय स्पिनिङ मिलका कारखानाको क्षमतामा सुधार ल्याएको छ।

यस अवसरमा नेपालका लागि बेलायती राजदूत पोलिट्ले उद्योगहरूमा रहेको श्रम शक्ति तथा उत्पादकत्वका खाडलहरुलाई रणनीतिक रूपमा पूर्ति गर्न गरिएका संयुक्त पहलहरू सफल भएकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा धागो उद्योगको नेतृत्वमा पाँच ओटा पदहरुको लागि तयार भएको पाठ्यक्रको यस कार्यक्रममा सुरुवात गरियो।

सुधार गरिएको र मानक बमोजिम बनाइएको पाठ्यक्रम कारखानाहरूको सुझाव र प्रतिक्रियामा सहविकास तथा परिष्कृत गरिएको थियो।

यस पाठ्यक्रमका अलावा प्रशिक्षकको क्षमता र पूर्वाधारमा भएको सुधार तथा कारखानामा हुने प्रक्रियालाई छरितो बनाउँदा उद्योगमा उत्पादकत्व तथा रोजगारी सिर्जना गर्नको लागि वातावरण बनाउने तथा त्यसलाई दिगो राख्ने काम सुनिश्चित गर्नसक्छ।

सीप विकासका पहलहरूलाई कारखानाको वृद्धि हासिल गर्न सक्ने गतिविधिहरुसँगका सम्मिश्रण धागो उद्योगलाई रूपान्तरण गर्ने संयुक्त प्रयासको एक अभिन्न अंग भएको संघका अध्यक्ष पवन गोल्यानले बताए।

उक्त रूपान्तरण हासिल गर्नको लागि आधुनिकीकरण तथा विस्तार, सुधारिएको गुणस्तर तथा प्रतिस्पर्धी मूल्य मार्फत नयाँ भौगोलिक क्षेत्रहरुमा निर्यातलाई विविधीकरण, संस्थागत क्षमतामा सुधार गरी गरिने बताए गोल्यानले बताए।

यूके एडको सीप कार्यक्रमका टीम लिडर बलजित भोराले उद्योगका उदीयमान कामहरूमा उक्त कामको लागि तयार भएको श्रमशक्तिको विकास गर्नको लागि प्रशिक्षार्थीका आधारित सीप तथा रोजगार उपलब्ध गराउने उद्योगको पहलको प्रतिबिम्ब संघ र सीपबिचको साझेदारी रहेको जानकारी गराए।

यस साझेदारीमार्फत जगदम्बा जस्ता साझेदार कारखानामा महिला कामदारहरूको नियुक्तिमा उल्लेख्य वृद्धि गरेको छ। तालिम प्रदान गरिएका तथा नियुक्त गरिएका व्यक्तिहरूमा ३५ प्रतिशत महिला रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .