काठमाडौमा जारी टि–२० ट्राइ शृंखलाअन्तर्गतको दोस्रो खेलमा आज आइतबार नेदरल्याण्ड र मलेसिया खेल्दै छन्।
खेल, किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सवा १२ बजे सुरु हुनेछ। आजको खेलमा नेदरल्याण्डलाई पराजित गर्दै मलेसिया सुखद सुरुवात गर्ने लक्ष्यमा छ।
उता घरेलु टोली नेपालसँग पहिलो खेलमा ९ विकेटको फराकिलो हार भोगेको नेदरल्याण्ड जितका साथ खेलका फर्कन चाहान्छ।
मलेसिया अहमल फैजको कप्तानीमा मैदान उत्रनेछ। भने नेदरल्याण्डको कप्तानी पिटर सिलारले सम्हाल्नेछन्।
पहिलो खेलमा जित हात पारेको नेपाल अंकतालिकाको शीर्ष स्थानमा छ। सिरजको तेस्रो खेलमा भोलि सोमबार नेपाल र मलेसिया खेल्नेछन्।
डबल राउण्ड रोबिनमा हुने शृंखलाको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। फाइनल खेल ११ गते हुनेछ।
प्रतिक्रिया