यूईएफए च्याम्पियन्स लिगमा एफसी पोर्टोसँग पराजित भए पनि चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ।
चेल्सी ७ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो। चेल्सीले यसअघि सन् २०१४ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।
सो खेलमा चेल्सी एट्लिेटिको म्याड्रिडसँग ३–१ ले पराजित हुँदै बाहिरिएको थियो।
मगंलबार राति भएको खेलमा एफसी पोर्टोसँग १–० ले पराजित भएपनि समग्रमा २–१ को नतिजा निकाल्दै चेल्सी अघिल्लो चरणमा पुगेको हो।
मेहदी तेरेमीले इन्ज्युरी समयमा गोल गर्दै जित दिलाए पनि पोर्टोको लागि पर्याप्त बनेन। चेल्सीले पहिलो लेगमा २–० को नतिजा निकालेको थियो।
प्रतिक्रिया