ad ad

खेल


सुदूरपश्चिमलाई पराजित गर्दै एपीएफले उचाल्यो ललितपुर मेयर कपको उपाधि

सुदूरपश्चिमलाई पराजित गर्दै एपीएफले उचाल्यो ललितपुर मेयर कपको उपाधि

नेपालखबर
चैत २८, २०७७ शनिबार १२:२७,

विभागीय टोली एपीएफले ललितपुर मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा विभागीय टोली एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि उचालेको हो। विजयी एपीएफले सम्पन्न प्रतियोगिता अपराजित यात्रालाई अन्तिम खेलमा पनि निरन्तरता दिँदै उपाधि उचाल्न सफल भएको हो।

सुदूरपश्चिम प्रदेशले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य एपीएफले २२ बल बाँकी छँदै भेटाउन सफल भएको थियो। खेलमा ओपनर ज्योति पाण्डेले ३६ रनको योगदान गर्दा कप्तान सीता राना मगरले २७ रनको पारी खेलिन। इन्जु बर्मा र ममता चौधरीले क्रमश अविजित १९ र १५ रन जोड्दै टोलीलाई जिततर्फ डो¥याएका थिए । ओपनरद्वय ज्योति र सीता रानामगर दुबै रन आउट भएका थिए।

यसअघि पुरै २० ओभर खेल्दै सुदूरपश्चिमले ७ विकेट गुमाएर १ सय ६ रन जोेडेको थियो।

सर्वाधिक ४४ रन जोडेकी विन्दु रावल अविजित रहँदा डोली भट्टले १४ तथा रेवती धामीले १० र कविता कुँवरले १३ रन जोडेका थिए। यस्तै अन्य खेलाडीले भने एपीएफको कसिलो बलिङ सामु राम्रो स्कोर ल्याउन सकेनन्।

एपीएफका लागि बिनु बुढा, सीता रानामगर, सुष्मा श्रेष्ठ, करुणा भण्डारी र रेखा रावलले समान एक÷एक विकेट लिएका थिए।

सहज जित निकालेको विजेता एपीएफले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो। यस्तै उपविजेता बनेको सुदूपश्चिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो।

पाँच टोलीले सहभागिता जानाएको प्रतियोगितामा उत्कृष्ट ब्याट्स वुमन प्रदेश १ की रुविना क्षेत्री चुनिँदा उत्कृष्ट बलर विनु बुढामगर घोषित भइन्। यस्तै विजयी टोलीकी कप्तान सीता रानामगर प्रतियोगिताको उत्कृष्ट खेलाडी बनिन्।

उत्कृष्ट ब्याट्स वुमन र बलरले जनही १५ हजार रुपैयाँ पाउँदा सर्वोत्कृष्ट सीताले नगद २५ हजार रुपैयाँ पारिन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .