ad ad

खेल


ललितपुर मेयर वुमन्स च्याम्पियनसिप : प्रदेश १ को विजयी सुरुवात

ललितपुर मेयर वुमन्स च्याम्पियनसिप : प्रदेश १ को विजयी सुरुवात

नेपालखबर
चैत २३, २०७७ सोमबार ११:३१,

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीको उत्कृष्ट प्रदर्शनमा प्रदेश १ ले पहिलो जित दर्ता गरेको छ।

ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले हराएको हो।

१ सय ५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १३ दशमलव २ ओभरमा विना विकेटको क्षति जित निकालेको हो। प्रदेश १ की कप्तान रुविना क्षेत्री बेलबासेले ४९ बलमा १२ चौका र १ छक्का सहित ६८ रनमा नटआउट रहिन्। काजल श्रेष्ठ ३२ बलमा ३ चौका सहित २५ रन थपिन्।

त्यसअघि किर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ४ रनको योगफल तयार पारेको थियो।

लुम्बिनी प्रदेशको लागि सरस्वती घर्तीमगर ६६ बलमा ५ चौकासहित ५० रनमा नटआउट रहिन्। कप्तान नेरी थापा १५ बलमा ३ चौकासहित २० रनमा नटआउट रहिन्। नितु भण्डारी १८ रनमा रन आउट भइन्। वर्षा राना शून्य रनमा पवेलियन फर्किन्।

प्रदेश १ की सबनम राईले १ विकेट लिइन्। प्रदेश १ ले तेस्रो खेलमा मंगलबार सुदूरपश्चिमसँग खेल्ने छ। लुम्बिनीले भने बुधबार सुदूरपश्चिमसँग खेल्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .