ad ad

समाज


बंगलादेशमा सानो डुंगालाई ठूलो जहाजले ठक्कर दिँदा कम्तिमा २६ जनाको मृत्यु

बंगलादेशमा सानो डुंगालाई ठूलो जहाजले ठक्कर दिँदा कम्तिमा २६ जनाको मृत्यु

नेपालखबर
चैत २३, २०७७ सोमबार ११:९,

बीबीसीका अनुसार आइतबार साँझ यो दुर्घटना भएको हो।

राजधानी ढाकास्थित नारायणगन्ज जिल्लाको शितलक्ष्य खोलामा संचालित फेरि डुंगामा ५० जना सवार थिए।

साँझ ६ बजे त्यसलाई मालवाहक पानी जहाजले ठक्कर दिएपछि जहाजको ठक्करबाट तथा खोलामा डुबेर कम्तिमा २६ जनाको मृत्यु भएको हो।

स्थानीय अधिकारीहरुका अनुसार हालसम्म २५ जनाको शव फेला परेको छ। ९ अझै पनि बेपत्ता भएको बताइएको छ।

अहिले पनि बेपत्ताहरुलाई खोज्ने काम जारी राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .