मेयर्स कप एक दिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर्स ११ ले बागमति प्रदेशसामु २ सय ४५ रनको लक्ष्य प्रस्तुत गर्दा सन्दीपले ६ छक्का हानेका हुन्।
आइतबार मुलपानी क्रिकेट मैदानमा बागमति प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौं मेयर्स ११ ले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४४ रनको योगफल तयार पारेको हो।
काठमाडौका सौरभ खनाल ४९ रनमा नटआउट रहे। कप्तान सन्दीप लामिछानेले ४२ रनको योगदान दिए। २० बलको सामना गरेका सन्दीपले ६ छक्का हानेका हुन्। यस्तै सिद्धान्त लोहनीले ३४, सन्दीप रजालीले ३३ र विपिन खत्रीले ३२ रन जोडे।
बागमती प्रदेशका नन्दन यादव एक्लैलै ४ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै ४१ रन दिए। रामनरेश गिरी र अरियो पौडेलले समान २ तथा दिपेश श्रेष्ठले एक विकेट झारे।
बागमतीको जवाफी व्याटिङ केहीबेरमा सुरु हुनेछ।
Shares
प्रतिक्रिया