बिमलले म्यान अफ द म्याच प्रदर्शन गरेपछि टिसीले निलान्धो स्पोर्ट्स क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो।
टीसीको जितमा विमलसँगै इशान इब्राहिमले गोल गरे। विमलले खेलको १२ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए। उनले वन भर्सेस वनमा गोल गरेका थिए। यस्तै४० औं मिनेटमा इशानले दोस्रो गोल गरे। विमल खेलको म्यान अफ दी म्याच चुनिएका थिए।
जितसँगै टिसीले ७ खेलबाट १२ अंक जोडेको छ। टिसी चौंथो स्थानमा रहेको छ। त्यत्तिनै खेलमा शीर्षस्थानमा रहेको माजियाको १७ अंक छ।पराजित निलान्धो ८ खेलमा अंक विहीन रहेको छ। निलान्धो पुछारबाट दोस्रो स्थानमा छ।
प्रतिक्रिया