ad ad

खेल


इंग्ल्यान्डविरुद्ध तेस्रो खेलमा भारतले गर्‍यो उत्कृष्ट प्रर्दशन

इंग्ल्यान्डविरुद्ध तेस्रो खेलमा भारतले गर्‍यो उत्कृष्ट प्रर्दशन

नेपालखबर
फागुन १३, २०७७ बिहिबार ४:४६,

इंग्ल्यान्डविरुद्ध चार खेलका टेस्ट सिरिजअन्तर्गत तेस्रो खेलमा घरेलु टोली भारतले उत्कृष्ट प्रर्दशन गरेको छ। पहिलो दिनको समाप्तिमा भारत ३३ ओभरमा ९९–३ को अवस्थामा छ। समग्रमा भारत पहिलो इनिङस्मा १३ रनले पछि छ।

ओपनर रोहित शर्मा ५७ र अजिंक्या रहाने १ रनमा नटआउट छन्। रोहित शर्मा ८२ बलमा ९ चौका हाने। कप्तान विराट कोहली २७ रनमा बोल्ड आउट भए। तेस्रो विकेटका लागि कोहली र शर्माले ६४ रनको साझेदारी गरे। ओपनर सुभमन गिल ११ र चेतेश्वर पुजारा शून्यमा आउट भए। ज्याक लेचले २ र जोफ्रा आर्चरले एक विकेट लिए।

त्यसअघि अहमदाबादस्थित मोटेरा रंगशालामा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट भयो। ओपनर क्रलीले जोडेको ५३ रन नै सर्वाधिक रह्यो। ८४ बलको सामना गरेका उनले १० चौकाको मदतले ५३ रन जोडे। क्रली अक्षर पटेलको बलमा आउट भए। ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

इंग्ल्यान्डलाई सस्तैमा समेट्न भारतका स्पिनर अक्षर पटेल एक्लैले ६ विकेट लिए। रवि आश्विनले ३ तथा इशान्त शर्माले १ विकेट लिए।

सिरिजअन्तर्गत चेन्नईमा भएको पहिलो खेलमा इंग्ल्यान्ड २ सय २७ रनले विजयी भएको थियो। दोस्रो खेलमा भारतले इंग्ल्यान्डलाई ३ सय १७ रनले पराजित गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .