ad ad

समाज


स्रोत नखुलेको भारतीय रुपैयाँसहित बाबुछोरा पक्राउ

स्रोत नखुलेको भारतीय रुपैयाँसहित बाबुछोरा पक्राउ

नेपालखबर
फागुन १३, २०७७ बिहिबार ४:३९,

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित पर्साका दुई जनालाई पक्राउ गरेको छ।

पर्साको वीरगञ्ज उपमहानगरपालिका-१६ श्रीपुर घर भई अस्थायीरूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय प्रशान्तनारायण सिंह र उनका २३ वर्षीय छोरा प्रयाससिंह ठकुरीलाई बोर्डर आउट पोष्ट कुतियाकभरबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

अवैध बाटोको प्रयोग गरी नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शङ्का लागि जाँच गर्दा भारतीय रुपैयाँ दुई हजार दरको ६३ थान र ५०० दरको ३४८ थान बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए।

उनीहरुबाट २७ हजार नेपाली रुपैयाँसमेत बरामद भएको छ। ‘भारतीय र नेपाली रकम गरी उनीहरुबाट पाँच लाख सात हजार रकम बरामद भएको छ’, ऐरले भने, ‘यसका अतिरिक्त कुकुर बाँध्ने गोल्डेन कलरको दुई थान चेनसमेत बरामद गरिएको छ।’

विदेशी मुद्रा अपचलनअन्तर्गत कानूनी कारवाहीका लागि उनीहरुलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .