ad ad

खेल


प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जेशिका र दिपेशलाई

प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जेशिका र दिपेशलाई

नेपालखबर
फागुन २, २०७७ आइतबार ७:५९,

एपीएफकी जेशिका गुरुङले प्रथम योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेकी छन्।

चितवन ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिलातर्फको उपाधि जेशिकाले उचालेकी हुन्। उनले रसिलालाई २१–१८, १७–२१, २१–१७ ले पाखा लगाएकी थिइन्।

यस्तै पुरुषतर्फको उपाधि एपीएफका दीपेश धामी उचाले। दिपेशले प्रिन्स दाहाललाई २१–१९, २२–२० ले पाखा लगाएका हुन्। यसअघि सिरहाको गोलबजारमा भएको १० औं पुष्पलाल स्मृति र्‍यांकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रिन्सले दिपेशलाई पराजित गरेका थिए।

महिला तथा पुरुष एकल स्पर्धाका विजेता खेलाडीले १ लाख १५ हजार रुपैयाँ प्राप्त गरे। दोस्रो हुने खेलाडीले ५५ हजार तथा तेस्रो हुने २ जनाले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

राष्ट्रिय बरियता २० भित्रका पुरुष युगलतर्फ सेनाका नवीन श्रेष्ठ र रत्नजित तामाङको जोडी विजयी भयो। फाइनलमा नवीन र रत्नको जोडीले एपीएफका दिपेश धामी र गौतम कठायतको जोडीलाई २१–११, २१–१५ ले पराजित गर्दै जित हात पारे। प्रथम हुने खेलाडीले ६० हजार, दोस्रोले ३० र तेस्रो हुनेले जनही ८ हजार रुपैयाँ पाएका छन्।

No description available.

राष्ट्रिय बरियता २० बाहेकका खेलाडीबीच भएको प्रतिस्पर्धामा सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी पुरुष युगलमा बिजयी भए। महर्जन र लिनथेपको जोडीले फाइनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २१-१५, २१-१९ ले पराजित गर्दैे ट्रफी उचालेका हुन्। बिजयी खेलाडीले ५० तथा दोस्रो हुनेले २५ र तेस्रो हुनेले ७ हजार रुपैयाँ प्राप्त गरेका छन्।

१७ वर्षमुनिको स्पर्धामा सेनाका आयुष्मान नागरीले सुर्खेतका नरेन्द्र बमलाई २१–१७, २१–१६ ले पराजित गरे। महिलातर्फ भने सेनाकी रशिला महर्जनले जित हात पार्दै उपाधि कब्जा गरिन्।

उनले कैलालीकी प्राथना देउवालाई २१–१५, २१–१० ले पराजित गरिन्। बिजयी खेलाडीले ३० हजार तथा उपविजेताले १५ हजार तथा तेश्रो हुनेले पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .