बालुवाटार जग्गा प्रकरणमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमा पेसी तोकिएको छ।
सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा सो मुद्दाको पेसी परेको हो।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बालुवाटार जग्गा हिनामिना प्रकरणमा उनीहरुविरुद्ध मुद्दा चलाउनुपर्ने भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाई २०७६ माघ २९ गते सो रिट दायर गरेका थिए।
सो मुद्दा आइतबारका लागि अग्राधिकारसहित पेसी तोकिएको छ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई सो जग्गा हिनामिना गरिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा चलाएको छ।
तर ती निर्णय हुँदाताकाका प्रधानमन्त्री रहेका नेपाल र भट्टराईलाई समेत मुद्दा चलाउन आदेश दिन माग गर्दै वरिष्ठ अधिवक्ता न्यौपानेले रिट दायर गरेका हुन्।
प्रतिक्रिया