ad ad

खेल


दोस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानले बोलायो यी २० खेलाडी

दोस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानले बोलायो यी २० खेलाडी

नेपालखबर
फागुन २, २०७७ आइतबार ६:१६,

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबारदेखि सुरु भएको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई डाकेको छ।

पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका चार जना नयाँ खेलाडीले दोस्रो चरणमा ठाउँ बनाउन सकेनन्। पहिलो चरणको बन्द प्रशिक्षणमा २१ खेलाडी सहभागी थिए।

क्यानले दोस्रो चरणमा बोलाएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्रसिंह ऐरि, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, शरद भेषावकर, कुशल मल्ल, अविनाश मेहरा छन्।

यस्तै कमलसिंह ऐरि, आशिफ शेख, सुसान भारी, कुशल भुर्तेल, ललित भण्डारी, विक्रम शोब, सन्दीप जोरा, पृथु बाँस्कोटा, शाहब आलम र बसन्त रेग्मी छन्।

प्रधानमन्त्री कप खेल्ने क्रममा घाइते बनेका आरिफ शेखको स्थानमा वसन्त रेग्मीलाई सहभागी गराइएको छ।

दोस्रो चरणको बन्द प्रशिक्षण आइतबारदेखि सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .