ad ad

खेल


प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक

नेपालखबर
पुस ६, २०७७ सोमबार १४:४६,

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा लुम्विनी प्रदेश र प्रदेश २ भिड्ने भएका छन्।

नेपाल क्रिकेट संघ क्यानले आज पीएम कपका लागि सार्वजिक गरेको खेल तालिका अनुसार हरेक दिन २ खेल हुनेछ। प्रतियोगिताको दोस्रो खेलमा शसस्त्र प्रहरीको एपीएफ र कर्णाली प्रदेश खेल्नेछन्। दाङको लमहीमा हुने खेलमा सहभागी ८ टोलीलाई २ समुहमा विभाजन गरिएको छ।

समुह ए मा एपीएफ, प्रदेश २, कर्णाली र लुम्बीनी प्रदेश छन्। समुह बी मा सुदुरपश्चिम, बागमती, गण्डकी र प्रदेश १ रहेका छन्।

समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। समूह ए को विजेता र समुह बी को उपजेताले पहिलो सेमिफाइनल खेल खेल्नेछन्। समूह बीको विजेता र ए को उपविजेता दोस्रो सेमिफाइनलमा भिड्नेछन्। प्रतियोगिताको फाइनल खेल पुष १९ गते हुनेछ।

talika.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .