ad ad

कारोबार


श्रीराम सुगर मिल्सले गर्‍याे रु २५ करोड भुक्तानी

श्रीराम सुगर मिल्सले गर्‍याे रु २५ करोड भुक्तानी

नेपालखबर
पुस ६, २०७७ सोमबार १४:३५,

रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्र्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ।

किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा रु २५ करोड तीस लाख २७ हजार ५२६ रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको हो।

उक्त मिल्सले आज एक विज्ञप्ति जारी गर्दै पहिलो दिन अर्थात शुक्रबार रु १६ करोड ४४ लाख ७० हजार र आइतबार रु आठ करोड ८५ लाख ५७ हजार रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको छ। मिल्सले बाँकी रकम प्रत्येक दिन क्रमश भुक्तानी गर्दै जाने जनाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार श्रीराम सुगर मिल्सको बक्यौता रकम रु ३५ करोड रहेको छ। अझै मिल्सले रु १० करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ। यसैगरी मन्त्रालयको तथ्यांकअनुसार लुम्बिनी चिनी मिल्सको रु आठ करोड ४१ लाख, इन्दिरा सुगर मिल्सको रु चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिल्सको रु १७ करोड बाँकी रहेको छ।

गत वर्षको पुस १८ गते सरकार, चिनी मिल्स र उखु किसानबीच भएको सम्झौताअनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडौँमा आन्दोलन गर्दै आएका छन्। लुम्बिनी चिनी मिल्सले आइतबारदेखि दैनिक रु एक करोडका दरले बक्यौता रकम भुक्तानी गर्ने जनाइसकेको छ। रासस

श्रीराम सुगर मिलले ६ हजार उखु किसानको साढे १६ करोड बक्यौता भुक्तानी गर्‍यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .