ad ad

खेल


आईसीसी विश्वकप लिग २ का बाँकी खेल ओमानमा हुने, यस्तो छ खेल तालिका

आईसीसी विश्वकप लिग २ का बाँकी खेल ओमानमा हुने, यस्तो छ खेल तालिका

नेपालखबर
पुस २, २०७७ बिहिबार ७:१३,

नेपाल, अमेरिका र ओमान सम्मिलित आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज आगामी अप्रिलमा हुने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएका खेलकाे तालिका सार्वजनिक गरेको हो।

उक्त तीन देशबीचकाे सिरिज ओमानकै घरेलु मैदान अल अमरातमा १९ देखि २८ अप्रिलमा हुनेछ।

स्कटल्याण्डको घरेलु मैदानमा हुने नामिबियासँगको खेल जुलाईमा हुने भनिए पनि मिति सार्वजनिक भएको छैन।

नेपालले घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स र पपुवा न्युगिनीसँग २०२२ को फेब्रुअरीमा खेल्ने तालिका छ।

नामिबिया र स्कटल्याण्डसँग २०२२ को २५ मार्चदेखि ५ अप्रिलसम्म खेल्नेछ।

नेपालले आगामी जुलाईमा ओमानसँग अमेरिकाको मैदानमा खेल्नेछ। पपुवा न्युनिगिनीको मैदानमा अमेरिकासँग हुने खेल भने २२ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म हुने तालिका छ।

२०२३ को फेब्रुअरीमा नामिबिया र स्कटल्याण्डसँग घरेलु मैदानमा खेल्ने नेपालले युएईको मैदानमा पपुवा न्युगिनीसँग त्यही महिना सिरिज खेल्नेछ।

यसअघि घरेलु मैदानमा भएको अमेरिका ओमान सम्मिलित सिरिजमा नेपालले २ खेलमा जित हात पारेको थियो। सिरिज अन्तर्गतका २ खेलमा ओमानसँग पराजित भएको नेपालले अमेरिकाविरुद्ध भने दुवै खेलमा जित निकालेको थियो।

यस्ताे छ खेल तालिका ः

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .