ad ad

प्रविधि


यी ५ फाइभजी स्मार्टफोन : जसले तताउनेछ अबको बजार

 यी ५ फाइभजी स्मार्टफोन : जसले तताउनेछ अबको बजार

नेपालखबर
पुस २, २०७७ बिहिबार ६:५७,

विश्व फाइभजी इन्टरनेटको युगमा प्रवेश गर्दै छ। फाइभजी इन्टरनेट भनेको अहिलेसम्मकै द्रुतगतिको इन्टरनेट हो।

चीनलगायतका देशमा त सिक्सजी इन्टरनेटबारे रिसर्चहरु सुरु हुनथालिसकेका छन्। नेपालजस्तो विकासोन्मुख देश टुजी, थ्रिजी हुँदै फोरजीसम्म आइपुगेको छ। इन्टरनेटको परिष्कृत संस्करणसँगै सोहीअनुसारका प्राविधिक उत्पादनको खाँचो पर्छ।

सोही कुरालाई ध्यान दिँदै विश्वका नाम चलेका स्मार्टफोन कम्पनीले आफ्नो उत्पादनलाई ध्यान दिइरहेका छन्। फाइभजी इन्टरनेटले व्यापकता पाउने बलियो संकेत चीनले देखाइरहँदा चर्चित स्मार्टफोनहरु बजारमा आएका छन्। सन् २०२० मै बजार प्रवेश गरे पनि सन् २०२१ मा भने यी फोनले स्मार्टफोन बजारमा प्रभुत्व जमाउने देखिएको छ।

यी हुन् उत्कृष्ट नयाँ ५ फाइभजी स्मार्टफोन

OnePlus 8 Pro Review - YouTube

वानप्लस ८ प्रो
सन् २०२१ मा वानप्लसको ८प्रोले ग्राहकको ध्यान खिच्ने देखिएको छ । फाइभजी सपोर्ट गर्ने यो फोनमा धेरै सुविधा छ । ६।७८ इन्चको अमोालेड डिस्प्ले रहेको यो फोनमा कर्निङ गोरिल्ला ग्लास ५ को लेयर छ । यसमा क्वाल्कम स्न्यापड्र्याागन ८६५ प्रोसेसर रहेको छ । वानप्लस ८ प्रोमा ८ जीबी ¥याम र १२८ जीबीको स्टोरेज छ । यसमा ‘४८ प्लस ४८ प्लस ८ प्लस पाँच’ मेगापिक्सलको चारवटा ब्याक क्यामरा रहेको छ । यसमा अगाडि क्यामराा १६ मेगापिक्सलको छ । यसमा ४५१० एमएएच ब्याट्री छ । यसको मूल्य ८८ हजार रुपैयाँ हाराहारीमा पर्नसक्नेछ ।

New iPhone 12 (2020) Release Date, Price, Specs, News, 5 G | More you need  to know - Insta Solutionz

आईफोन १२
नयाँ वर्षमा ग्राहकको ध्यान खिच्ने अर्को फोन हो एप्पलको आईफोन १२ । यो फोनमा ग्राहकको पहिलो रुचि पर्नसक्नेछ । यसमा १२/१२ मेगापिक्सेलको दुईवटा ब्याक क्यामरा र १२ मेगापिक्सेलको अगाडि क्यामरा छ । ६।१ इन्चको यो फोनमा ६४ जीबीको स्टोरेज, २७७५ एमएएचको ब्याट्री छ भने यसको मूल्य १ लाख २७ हजार हाराहारी पर्छ ।

Samsung Galaxy Note 20 Ultra review: Unabashedly over the top | Engadget

सामसङ ग्यालेक्सी नोट २० अल्ट्रा
यो फोनलाई पनि ग्राहकले राम्रै रुचि राख्ने देखिएको छ । सामसङ ग्यालेक्सी नोट २० अल्ट्रा गत अगष्ट १० मा सार्वजनिक भएको फोन हो । ६।९ इन्चको स्क्रिन रहेको फोनमा ४५०० एमएएच ब्याट्री छ । यसमा १०८ प्लस १३ प्लस १२ मेगापिक्सलका तीनवटा ब्याक क्यामरा र ४० मेगापिक्सलको अगाडि क्यामरा छ । १२ जीबी (यामयुक्त यो फोनको मूल्य १ लाख ६८ हजार हाराहारी रहेको छ ।

Xiaomi Mi 10 5G Launch Impressions: Flagship Level Features at an Un-Xiaomi  Price | NDTV Gadgets 360

शाओमीको एमआई १०
चिनियाँ कम्पनीको शाओमी एमआई १० ले पनि नयाँ वर्षमा राम्रै माग पाउनसक्नेछ । यसले पनि फाइभजी सपोर्ट गर्छ । यसका पछाडि १०८ प्लस १३ प्लस २ प्लस २ मेगापिक्सेलका क्यामरा छन् भने अगाडि २० मेगापिक्सेलको क्यामरा छ । यो फोन गत अप्रिल २२ मा सार्वजनिक भएको थियो । यसको मूल्य ७२ हजार हाराहारीमा पर्छ ।\

Moto G 5G Plus - android smartphone | motorola WE

मोटोजी५जी
मोटोरोला कम्पनीले उत्पादन गरेको मोटोजीफाइभजी स्मार्टफोन अरुभन्दा निकै सस्तो छ । फाइभजी चल्ने यो फोनमा ६.७ इन्चको स्क्रिन र ४८ प्लस ८ प्लस २ मेगापिक्सेलका तीन ब्याक क्यामरा र १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । चार जीबी (यामयुक्त यो फोनमा ५००० एमएएच ब्याट्री छ । यसको मूल्य ३३ हजार हाराहारी पर्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .