ad ad

खेल


अन्ततः आज दुई वर्षपछि मैदानमा आमने–सामने हुँदै मेस्सी र रोनाल्डो

अन्ततः आज दुई वर्षपछि मैदानमा आमने–सामने हुँदै मेस्सी र रोनाल्डो

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ७:२५,

बेग्र प्रतिक्षापछि दुई वर्षमा पहिलोपटक यी दुई स्टारलाई एकै मैदानमा हेर्न पाइने भएको हो।

च्याम्पियन्स लिगको समूह जीको अन्तिम ग्रुप स्टेज खेलमा बार्सिलोना र युभेन्ट्सबीच आज राति प्रतिस्पर्धा हुन लागेको हो।

खेल नेपाली समयअनुसार आजराति १ बजेर ४५ मिनेटमा बार्साको घरेलु मैदान क्याम्प नाउँमा सुरुवात हुनेछ।

बार्साको तर्फबाट मेस्सी र युभेन्ट्सको तर्फबाट रोनाल्डोलाई फुटबल मैदानमा लोमो समयपछि आज देख्न पाइनेछ।

यी दुवै टोली प्रि–क्वार्टर फाइनल चरण अर्थात् नकआउट चरणमा पुग्ने निश्चित भइसकेको छ। यद्यपी मेस्सी र रोनाल्डो उपस्थित हुने भएकाले यस खेल विशेष हुने अनुमान छ।

यसअघि समूह चरणकै खेलमा बार्सा र युभेन्ट्सबीच भिडन्त भएको थियो। तर कोरोना संक्रमित भएका कारण रोनाल्डो मैदान उत्रन पाएका थिएनन्। त्यस खेलमा बार्साले युभेन्ट्सलाई २–० ले पराजित गरेको थियो।

समूह जीको अंक तालिका अनुसार बार्सिलोनाले ५ खेलबाट १५ अंक जोडेको छ भने युभेन्ट्सले समान खेलमा १२ अंक बनाएको छ।

डाइनामो किभ र फेरेन्कभारोसको समान एक–एक अंक छ। अन्तिम खेल मात्र बाँकी भएकाले अब बार्सा र युभेनट्स प्रि–क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्।

सन् २०१८ मा रोनाल्डो युभेन्ट्समा आवद्ध भएका थिए। त्यसयता मेस्सी र रोनाल्डोलाई एकै मैदानमा देख्न पाइएको थिएन।

अबभने विश्वकै दुई स्टारलाई एकै मैदानमा देख्ने फुटबल समर्थकको धोको पुरा हुन लागेको हो। मेस्सी ६ पटकका बालुन डि’ओर विजेता हुनभने रोनाल्डोले यस अवार्ड पाँचपटक जितेका छन्।

च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता हुन्। रोनाल्डोको १३२ गोल छ भने दोस्रो सर्वाधिक गोलकर्ता मेस्सीले यस लिगमा ११८ गोल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .