ad ad

राजनीति


भारत बन्द : जयपुरमा भाजपा र कांग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान

भारत बन्द : जयपुरमा भाजपा र कांग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ७:८,

कृषि कानुनको विरोधमा किसानहरुले गरेको  बन्दको प्रभाव भारतभर परेको छ।

 दिल्लीदेखि बंगाल र उत्तर प्रदेशदेखि कर्नाटकसम्म भारत बन्दको प्रभाव देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 भाजपा बहेकका धेरैजसो राजनीतिक दलहरू किसानको यस बन्दको समर्थनमा छन् र सडकमा उत्रिएर किसानहरुका माग पूरा गर्न सरकारलाई दबाब दिइरहेका छन्।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सरकारले नजरबन्दमा राखेको आरोप आम आदमी पार्टीले लगाएको छ।

सोमबार किसानको पर्दशनमा पुगेका केजरीवाललाई मंगलबार प्रहरीले घरमै नगरबन्दमा राखेको हो।

देशैभर किनासको बन्दलाई समर्थन भइरहेको र सरकालाई विधेयक फिर्ता लिन माग समेत भएको छ।

किसानहरुले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दको कार्यक्रम आयोजना गरेका हुन्।

किसानको प्रदर्शनका क्रममा राजस्थानको जयपुरमा भारतीय जनता पार्टी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ।

जयपुरस्थित भाजपा कार्यालय बाहिर भाजपा–कांग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .