ad ad

कला


वरुण धवन र नितु कपुरपछि बलिउड अभिनेत्री कृति सेननलाई पनि कोरोना संक्रमण

वरुण  धवन र नितु कपुरपछि बलिउड अभिनेत्री कृति सेननलाई पनि कोरोना संक्रमण

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ७:३३,

बलिउड अभिनेत्री कृति सेननलाई कोरोना संक्रमण देखिएको छ।

 फिल्म सुटिङको क्रममा चण्डीगढबाट हालै फर्किएकी उनको कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो।

उनले आफ्नो इन्स्टाग्राममा एक फोटो सेयर गर्दै आफू फिल्म सुटिङ सकेर घर फर्किएको जानकारी दिएकी छन्।

घर फर्कने क्रममा उनले मुम्बईमा फोटो पत्रकारसँग कुरा गर्दै उनले आफूले एक मिनेट पनि मास्क नहटाउने बताएकी थिइन्।

कृतिभन्दा अघि अभिनेता वरुण धवन र अभिनेत्री नितु कपूरको पनि कोरोना रिपोर्ट पोजिटिभ देखिएको थियो। दुबै राज मेहताको फिल्म ‘जुग–जुग जियो’को लागि सुटिङमा व्यस्त थिए। फिल्मको सुटिङ केही समय अगाडि सुरु भएको थियो र अब यो फेरि कोरोना भाइरसको कारण रोकिएको छ।

यस क्रममा अभिनेता अनिल कपूर र कियारा आडवाणी पनि कोरोना परीक्षण गरिएको थियो। यी दुबै कलाकारहरूको रिपोर्ट नेगेटिभ आएको छ।

कृति सैननको अक्षय कुमार स्टारर ‘बच्चन पाण्डे’मा अनुबन्ध भएकी छन्। यो फिल्मको सुटिङ जनवरी २०२१ मा सुरू हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .