खेल सुरु हुनुअघि खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएपछि इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको पहिलो एक दिवसीय खेल स्थगित भएको छ।
टस सुरु हुनुअघि दक्षिण अफ्रिकी एक खेलाडीमा कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको हो।
खेलाडी, म्याच अफिसियल र खेलमा संलग्न सबैको सुरक्षाका लागि दुवै टोली खेल स्थगित गर्न सहमत भएको क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ।
स्थगित खेल आइतबार हुनेछ। खेल दोस्रो सोमबार र तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ। इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले यो सिरिजलाई सन् २०२३ को एकदिवसिय विश्वकप तयारीको सुरुको रुपमा समेत लिएका छन्।
यसअघि भएको तीन खेलको टि २० सिरिज इंग्ल्यान्डले ३–० ले आफ्नो पक्षमा पारेको थियो।
प्रतिक्रिया