पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले खेल जीवनमा ७ सय ५० गोलकाे कीर्तिमान बनाएका छन्।
गएराति भएको यूईएफए च्याम्पियन्स लिगमा रोनाल्डोको कीर्तिमानी गोलसँगै युभेन्टसले डेनामो किएभलाई ३–० ले पराजित गर्दै सहज जित हासिल गरेकाे हाे।
३५ वर्षीय रोनाल्डोले किएभविरुद्ध ५७औं मिनेटमा गोल गर्दै आफ्नो खेल करियरको ७५० गोल पूरा गरेका हुन्।
रोनाल्डोले रियल मड्रिडबाट ४५०, म्यानचेस्टर युनाइटेडबाट ११८, पोर्चुगलबाट १०२, युभेन्टसबाट ७५ र पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट ५ गोल गरेका छन्।
युभेन्ट्सको जितमा रोनाल्डो, अल्भारो मोराटा र फेडरिको चियसाले गोल गरे।
जितसँगै समूह जी को युभेन्टस १२ अंक जोडेर दोस्रो स्थानमा छ। शीर्षस्थानको बार्सिलोनाको १५ अंक छ। किएभ र फेरेन्कभारोसको समान १ अंक छ।
यसैबीच यसै खेलबाट फ्रान्सकी स्टेफेन फ्रापपार्ट च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री बनेकी छिन्। स्टेफेन फ्रापपार्टले गत वर्ष अप्रिलमा फ्रेन्च लिग वान खेलाएकी थिइन्।
प्रतिक्रिया