साविक विजेता बार्यन म्युनिख यूइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।
बुधबार राति भएको खेलमा बार्यनले आरबी साल्ज्बर्गलाई ३-१ ले पराजित गर्दै शतप्रतिशत नतिजाका साथ अघिल्लो चरणमा प्रवेश गरेको हो।
अपराजित बायर्न ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा छ। एटलेटिको ५ अंकसहित दोस्रो र लोकोमोटिभ ३ अंकमा तेस्रो स्थानमा छ। साल्ज्बर्गको १ अंक छ।
बार्यनले खेलको ४३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलमा अग्रता बनाएको थियो। ५२ औं मिनेटमा किंग्सले कोमानले गोल गर्दै अग्रता दोब्बर पारे।
६८ औं मिनेटमा लेरोय सानेले गोल गर्दै अग्रता फरकिलो पार्दा ७३ औं मिनेटमा साल्ज्बर्गका मेर्गिम बेरिशाले सान्तवना गोल फर्काए।
गएराति नै भएको समूहको अर्को खेलमा एटलेटिको म्याडिड लोकोमोटिभ मस्कोसँग गोलरहित बराबरीमा रोकिएको छ।
प्रतिक्रिया