ad ad

छापा खबर


नेपालका धानको उत्पादन बढ्यो, तर उत्पादकत्व भने घट्यो

नेपालका धानको उत्पादन बढ्यो, तर उत्पादकत्व भने घट्यो

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार २:५९,

बागमती प्रदेशमा यस वर्ष वर्षे धानको उत्पादन समग्रमा बढेको छ । गत वर्षको अनुपातमा वर्षे धानको उत्पादन बढे पनि उत्पादकत्व भने घटेको छ।

यस प्रदेशको मुख्य बाली धान खेतीको गत वर्षको तुलनामा यस वर्ष उत्पादन क्षेत्र वृद्धि भए पनि क्षेत्र विस्तारको अनुपातमा उत्पादकत्वमा ह्रास आएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

गत वर्ष प्रदेशभरमा धानको उत्पादकत्व ३.८२ प्रतिशत रहेकामा यो वर्ष घटेर ३.६४ प्रतिशतमा झरेको छ । बागमती प्रदेशको कृषि विकास निर्देशनालयको योजना, अनुगमन तथा कार्यक्रम शाखाका कृषि अर्थविज्ञ रामहरि तिमिल्सिनाका अनुसार गत वर्ष प्रदेशका जिल्लाहरूमा एक लाख ११ हजार ७४३ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएकामा यो वर्ष विस्तार भएर धान लगाइएको क्षेत्रफल एक लाख २५ हजार १०७ हेक्टर पुगेको छ।

गत वर्ष चार लाख २७ हजार १८२ मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष वृद्धि भएर चार लाख ५५ हजार ८२० मेट्रिक टन धान उत्पादन भएको छ।

विज्ञ तिमिल्सिनाले क्षेत्र विस्तारअनुसार धान उत्पादनमा वृद्धि भएको त। उत्पादकत्वमा ह्रास आएको बताए। ‘धानमा रासायनिक मल हाल्ने समयमा उपलब्ध नभएको र धानमा विभिन्न रोग र कीराको प्रकोपका कारण उत्पादकत्वमा ह्रास आएको हो,’ उनले भने।

प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धान खेती हुने चितवन जिल्लामा गत वर्ष २२ हजार २६३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा ८७ हजार ४८ मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष क्षेत्रफल विस्तार भएर २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको चितवनमा एक लाख तीन हजार ४१६ मेट्रिक टन धान उत्पादन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .