इन्टरनेसनल च्याम्पियन्स कपमा रियल मड्रिडले शनिबार लज्जास्पद हार व्यहोरेको थियो।
न्युयोर्कको मेट लाइफ स्टेडियममा भएको खेलमा रियल मड्रिड एथ्लेटिको मड्रिडसँग ७–३ गोल अन्तरले पराजित भएको थियो।
एथ्लेटिको मड्रिडको जितमा डिएगो कोस्टा एक्लैले ४ गोल गरेका थिए। रियल मड्रिडले पहिलो गोलको खाता खोल्दा एथ्लेटिकोले ६ गोल गरिसकेको थियो।
उक्त लज्जास्पद हारबारे रियल मड्रिडका कप्तान रामोस भन्छन्,‘हामीले त्यस खेललाई मैत्रीपूर्ण खेलका रुपमा लिएका थियौं तर एथ्लेटिकोले उक्त खेललाई फाइनलजस्तै सम्झियो।’
प्रि–सिजनको खेलमा ठूलो अन्तरले हारे पनि नयाँ सिजनमा आफूहरु बलियो भएर प्रस्तुत हुने उनको भनाइ रहेको छ।
रियल मड्रिड र एथ्लेटिको मड्रिड निकै प्रतिस्पर्धी क्लब हुन्। स्पेनको मड्रिडमा रहेका दुवै क्लब एक अर्काका हारलाई प्रतिष्ठाका रुपमा लिने गर्दछन्। मार्का
प्रतिक्रिया