ad ad

खेल


माइक टाइसन र रोय जोन्सबीचको बक्सिङ भिडन्त यसै महिना, जित्नेले पाउनेछ यस्तो बेल्ट

माइक टाइसन र रोय जोन्सबीचको बक्सिङ भिडन्त यसै महिना, जित्नेले पाउनेछ यस्तो बेल्ट

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार ९:३८,

यसै महिना नोभेम्बर २८ मा टाइसन र जोन्सबीच भिडन्त हुने डब्लूबीसीले जनाएको छ।

पूर्व हेभिवेट बक्सर टाइसन यतिबेला ५४ वर्षको भए, जोन्स भने ५१ वर्ष पुगेका छन्।

खेल जीवनबाट लामो समययता सन्यास लिएका दुवै बक्सरले पाको उमेरमा बक्सिङ खेल्नुको उद्देश्य विशेष अभियानलाई सहयोग पुर्याउनु रहेको बताइएको छ।

अमेरिकामा पछिल्लो समय रंगभेदी आन्दोलन चर्किएको छ। प्रहरीले काला जातिमाथि ज्यादती गरेको आरोप लाग्ने गरेको छ।

Image

यसबीचमा काला जातिको अभियानमा रकम संकलन गर्न यो खेल आयोजना गर्न लागिएको हो।

यस खेल औपचारिक बेल्टको लागि होइन। यद्यपी डब्लूबीसीले यस खेलका विजेताको लागि विशेष बेल्ट बनाएको छ।

दुईदेखि तीन मिनेट मात्र रिङम यी दुईबीच प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

यी आफ्नो समयका उत्कष्ट बक्सरको खेल हेर्न विश्वभरका खेल समर्थकहरु तयार भएर बसेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .