ad ad

कारोबार


होमस्टेमा बढ्न थाल्यो पर्यटकको चहलपहल

होमस्टेमा बढ्न थाल्यो पर्यटकको चहलपहल

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार ९:३७,

कोभिड–१९ महामारीको कारण करीब ७ महिनादेखि बन्द रहेका होमस्टेहरुमा यतिबेला चहलपहल बढ्न थालेको छ। माहामारीकाबीच पनि होमस्टेमा रमाउन चाहने आन्तरिक पर्यटकले चलहपहल बढाएको हो।

सरकारले विदेशी पर्यटकलाई हिमाल आरोहण र पदयात्रामा मात्रै खुल्ला गरेको छ। पर्यटन व्यवसायीले आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै आएका छन्।

पर्यटन व्यवसायीले ७ महिना देखि लकडाउन र निषेधाज्ञाका कारण घरमै बस्नुपर्दा निसासिएका मानिसहरु बाहिर निस्कँदा होमस्टेहरुमा चहलपहल बढेको बताए।

पर्यटकका लागि घुम्ने पर्यटकीय सिजन हुनु, नियमित रुपमा सवारी साधन सञ्चालन हुनु तथा आन्तरिक हवाई उडान नियमित हुनुले पर्यटकीय क्षेत्रमा सञ्चालित होमस्टेहरुमा पर्यटकको चहलपहल बढ्न थालेको होमस्टे एशोसिएसन नेपाल (होसान) का कोषाध्यक्ष सुरज बास्तोलाले बताए।

बास्तोलाले चैत ११ देखि सरकारले गरेको लकडाउन र निषेधाज्ञापछि आन्तरिक तथा बाह्य पर्यटक आवागमन शून्य रहेको अवस्थामा दसैँ पछि घुम्न आउने आन्तरिक पर्यटकको संख्या वृद्धिले देशैभरका होमस्टेकर्मीहरु उत्साहित बनेको बताएका छन्।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न सफल भएको ग्रामीण पर्यटन (होमस्टे) सिजनमा देखा परेको कोरोना भाइरसका कारण देशै भरका होमस्टेहरु बन्द भए तर होमस्टेकर्मीहरुले बन्दलाई सदुपयोग गर्दै पाहुनाको लागि आफ्ना घर कोठा रंगरोगन, निर्माण, वेडहरुको उचित व्यवस्थापन, सौचालय, बाथरुम सफा र स्तरिकरण, घरवरिपरि फलफूलका बैगौँचा, तरकारी खेति, फलफूल विरुवा रोपण, कुखुरा, बाख्रा, हाँस पालनका लागि घर टहरा निर्माण गरी अन्य पर्यटकीय साँस्कृतिक गतिविधिहरुको निर्माण गरेर बसेकाले होमस्टेमा आउने पाहुनाले पहिले भन्दा केहि फरकपनको महसुस गर्ने बास्तोला बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .