महान फुटबल खेलाडी डिएगो म्याराडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको छ।
मस्तिष्कमा रगतको थेग्ला जमेपछि अर्जेन्टिनामा उनको शल्यक्रिया गरिएको उनका निजी चिकित्सकले पुष्टि गरेका छन्।
म्याराडोना सोमबार ला पाल्टाको एक क्लिनिकमा भर्ना भएका थिए। तत्काल उनलाई अर्को अस्पतालमा लगिएको थियो।
‘शल्यक्रियापछि उनको होस आइसकेको छ, सबथोक राम्रो छ,’ उनका निजी चिकित्सकले भनेका छन्।
म्याराडोनाले गत शुक्रबार मात्र ६० औँ जन्मदिन मनाएका थिए। एजेन्सी
3
Shares
प्रतिक्रिया