म्याराडोनाले मेस्सी र रोनाल्डो अरुभन्दा उत्कृष्ट फुटबलर भएको बताउँदै उनीहरुको दाँजोमा कोही पुग्न नसक्ने दाबी गरे।
हालै उनलाई फ्रान्स फुटबलले मेस्सी र रोनाल्डोमध्ये एक को मनपर्छ? भनेर प्रश्न गरेको थियो।
सो क्रममा म्याराडोनाले भने,‘मेस्सी र रोनाल्डो अथवा रोनाल्डो र मेस्सी मेरा लागि उनीहरु अन्यभन्दा उत्कृष्ट खेलाडी हुन्।’
‘कुनै खेलाडी उनीहरुको नजिक पुगेको मैले देखेको छैन। उनीहरुले जे गरे र जे पाए त्यसको आधा गर्नपनि कसैले सक्दैनन्’ उनले भने।
सो क्रममा म्याराडोनाले आफूलाई बेलायती टोलीविरुद्ध फेरि एकपटक गोल गर्ने चाहना भएको पनि बताएका थिए।
मेस्सी र रोनाल्डोले विश्वकप बाहेक फुटबलमा पाउनुपर्ने सबै उपाधि हात पारिसकेका छन्। मेस्सी ६ पटकका बालुन डि’ ओर विजेता हुन् भने रोनाल्डो ५ पटकका बालुन डि’ ओर विजेता हुन्। एजेन्सी
प्रतिक्रिया