ad ad

खेल


च्याम्पियन्स लिगको नयाँ सिजनको समूह विभाजन, रोनाल्डो र मेस्सी समूह चरणमै भिड्ने

च्याम्पियन्स लिगको नयाँ सिजनको समूह विभाजन, रोनाल्डो र मेस्सी समूह चरणमै भिड्ने

नेपालखबर
असोज १५, २०७७ बिहिबार १७:३,

यूईएफए च्याम्पियन्स लिग २०२०–२१ को नयाँ सिजनमा इटालियन च्याम्पियन युभेन्ट्स र बार्सिलोना एकै समूहमा परेका छन्।

स्विट्जरल्यान्डको जेनेभामा गरिएको समूह विभाजनमा च्याम्पियन्स लिग इतिहासमा नै पहिलो पटक क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी समूह चरणमा नै भिड्नलागेका हुन्।

दुवै टोली समूह ‘जी’मा परेका छन्। युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए)मा आबद्ध देशका ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ।

८ वटा समूहका लागि चारवटा पोटमा ३२ टिमको नाम राखिएको थियो। गत सिजन जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) लाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो।

नयाँ सिजनको च्याम्पियन्स लिग समूह चरणका खेल अक्टोबर २० देखि सुरु हुनेछ ।

समूह ए : बायर्न म्युनिख, एटलेटिको म्याड्रिड, एफसी साल्जबर्ग, लोकोमोटिभ मस्को
समूह बी : रियल म्याड्रिड, शाख्तार डोनेस्क, इन्टर मिलान, बोरुसिया मोन्चेनग्लाडबाक
समूह सी : एफसी पोर्टो, म्यान्चेस्टर सिटी, ओलाम्पियाकोस, मार्से
समूह डी : लिभरपुल, आयाक्स, एटलान्टा, एफसी मिद्त्जील्यान्ड
समूह ई : सेभिया, चेल्सी, क्राज्नोडार, रेन्नेस
समूह एफ : जेनिट सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमुन्ड, लाजियो, क्लब ब्रुगा
समूह जी : युभेन्टस, बार्सिलोना, डिनामो किएभ, फेरेन्साव्रोसी
समूह एच : पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइप्जिग, इस्तानबुल बसाकसेइर

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .