ad ad

अटो


टोयोटा कोरोला क्रसको भर्चुअल प्रविधिमार्फत् बिक्री आरम्भ, मूल्य कति?

टोयोटा कोरोला क्रसको भर्चुअल प्रविधिमार्फत् बिक्री आरम्भ, मूल्य कति?

नेपालखबर
असोज १५, २०७७ बिहिबार १६:२४,

नेपालको लागि टोयोटा गाडीहरुको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि.ले नेपालमा टोयोटा कोरोला क्रस एसयुभिको बिक्री वितरण प्रारम्भ गरेको छ।

वर्तमान अवस्थालाई मध्यनजर राखेर कम्पनीले सो बिक्री शुभारम्भ समारोह पहिलो पटक भर्चुअल प्रविधिको सहायताले सम्पन्न गरेको छ। टोयोटा नेपालको औपचारिक एवं आधिकारिक फेसबुक/ इन्स्टाग्राम पेजमा आज मध्यान्ह १२ बजे उक्त समारोहको प्रत्यक्ष प्रसारण गरिएको छ।

टोयोटा कारहरु नेपालमा अत्यन्त रुचाइएको जापनीज कार हुन्। विश्व प्रसिद्ध यस टोयोटा कारको नयाँ संस्करण क्रस एसयुभि थाइलैण्डमा निर्माण गरिएको हो। यो४ सिलिण्डरको कार टिजिएनए प्लेटफर्ममा तयार भएको हुँदा यसले अत्याधुनिक डिजाइन, स्थिरता र पूर्ण कार्य क्षमतालाई समर्थन गर्दछ। यो सिभिटि ट्रान्समिसन कार हो। यस किसिमको नयाँ ट्रान्समिसन कार भएको कारण यो क्रस एसयूभी गति छिटो लिने, न्यून उत्सर्जन पैदा गर्ने खालको छ भनें यो हलुका सवारी साधन पनि बनेको छ।

कारको बाह्य बनौटमा रहेको फ्रन्ट ग्रीलले राम्रो लुक दिन्छ र यो कार कच्ची सडकहरुको लागि समेत चलाउन उपयुक्त छ। यस्तै गरी कारको सम्पूर्ण बडीमा रहेको एसेन्ट लाइनहरुले गाडीलाई आकर्षित स्वरुप दिएको छ। कोरोला क्रसमा सबैभन्दा लामो व्हीलबेस छ, जसले कारलाई खास गरेर सडकमा उच्च गतिमा दौडिरहेको समयमा अधिक स्थिरता तथा आरामदायी सवारी प्रदान गर्दछ।

टोयोटा कोरोला क्रस एसयुभि भित्री रुपमा पनि सुविधाजनक एवं आरामदायीक छ। यसको भित्र फराकिलो स्थान छ भनें खुट्टा राख्नको लागि सुविधादायक स्थान छ। यस्तै यस कारमा रहेको मूनरुफको सहायताले भित्र थप उज्यालो प्राप्त गर्न मद्दत पुग्नेछ।

यो कारमा न्यून ५.२ मि.को मोडाउन मिल्ने व्यास छ, जुन यस श्रेणीको कारहरुमा उत्कृष्ट श्रेणीको हो। कार हाँक्ने चालकलाई अधिकतम सुविस्ता प्रदान गर्नको लागि कोरोला क्रस एसयुभि नवीन टर्सन बीम सस्पेन्सनका साथ निर्माण भएको छ। यसैगरी डाइनामिक क्रुज नियन्त्रण, स्वःचालित उच्च बीम लाईट, ब्याक मोनिटर, एबीएस, का साथ ईबीडी, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, इमर्जेन्सी स्टोप सिग्नल आदि पनि यस कारका विशेषताहरु हुन्।

कारको भर्चुअल बिक्री शुभारम्भ समारोहलाई सम्बोधन गर्दै वैद्यज अर्गनाइजेशन अफ ईण्डष्ट्रिज एण्ड ट्रेडिङ्ग हाउसका प्रेसिडेन्ट सुरज वैद्यले भने, ‘सर्वप्रथम त म आजको विषम परिस्थितिका बावजुद पनि अरुको सुरक्षाका लागि अहोरात्र खटिएर अग्र मोर्चामा सेवारत स्वास्थ्यकर्मीहरु, डक्टरहरु, बैंकरहरु, सञ्चारकर्मीहरु, सेना, प्रहरी जवानहरु, व्यवसायीहरु लगायत अन्य सबैमा आभार व्यक्त गर्दै वहाँहरुको सेवाभावको नमन गर्दछु। परिस्थिति हिजोको भन्दा केही सहज बन्दै गएको छ, र यसले एकदिन अवश्य पनि नयाँ दिशाा, नयाँ गति लिनेछ भन्ने अपेक्षा हामी सबैको छ। यही अपेक्षाबीच हामीले अन्तर्राष्ट्रिय जगतमा ख्याति कमाएको टोयोटा कोराला क्रस एसयूभीलाई अहिलेको परिस्थिति अनुकूल हुने गरी भर्चुअल प्रविधिका साथ यहाँहरु समक्ष प्रस्तुत गरेका छौं। सम्पूर्ण नयाँ प्रविधिको यो कारले तपाईंहरुको जीवनमा एक नयाँ गति दिनेछ भन्ने विश्वास हामीले लिएका छौं। क्रस एसयुभि सेक्सनको नयाँ मोडेल हो, जुन तपाईंको चाहना अनुकूल बनेर आएको छ।'

हाल नेपालमा कोरोला क्रस एसयूभी २ किसिमको उपलब्ध छ। जस अनुसार इन्ट्रि मोडलको बजार मूल्य रु एक करोड १२ लाख र हाइ मोडलको रु. एक करोड ३३ कायम गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .