ad ad

खेल


फिफा विश्वकप छनौटको प्रशिक्षणका लागि एन्फाले बोलायो खेलाडीलाई

फिफा विश्वकप छनौटको प्रशिक्षणका लागि एन्फाले बोलायो खेलाडीलाई

नेपालखबर
साउन ९, २०७७ शुक्रबार १२:१७,

फिफा विश्वकप छनोटको प्रशिक्षणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई बोलाएको छ।

भदौ १ गतेबाट प्रशिक्षण सुरु गर्ने तयारीमा रहेको एन्फाले साउन १६ गते रिपोर्टिङका लागि खेलाडीहरुलाई सम्बन्धित क्लबमार्फत शुक्रबार पत्रचार गरेको हो।

प्रशिक्षणअघि खेलाडीलाई १४ दिन होटलमा क्वारेन्टिनमा राखिने एन्फाले जनाएको छ। साउन २४ देखि २५ गतेसम्म खेलाडीको पीसीआर परीक्षण गरेर २९–३० गते क्याम्पका लागि एन्फा होस्टलमा राखिने छ।

एन्फाको होस्टलाई अहिले ललितपुर महानगरपालिकाले क्वारेन्टिनको रुपमा प्रयोग गरिरहेको छ। खेलाडी बस्नुअघि होस्टल खाली गरेर स्यानिटाइज गरिने छ। त्यति बेलासम्म काठमाडौं उपत्यकामा घर हुने खेलाडी र आफैँ बस्दै आएका खेलाडीलाई होम क्वारिन्टनमा राख्ने, उपत्यकाका बाहिरका खेलाडीको हकमा होटलमा राख्ने विषयमा छलफल भइरहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए।

मन्त्रिपरिषद्को मंगलबार बसको बैठकले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न र प्रारम्भिक प्रशिक्षण सुरु गर्न दिने नियर्ण गरेसँगै एन्फाले विश्वकप छनोटको तयारीका लागि प्रक्रिया अघि बढाएको हो।

एसियाली फुटबल महासंघ (एएफसी) ले असोज २२ गते विश्व कप छनोटको स्थगित खेल खेलाउने यसअघि नै जानकारी गराइसकेको छ। कोरोना भाइरसको महामारीका कारण चैतमा हुनुपर्ने विश्वकप छनोटको खेल स्थगित भएको थियो।

नेपालले घरेलु मैदानमा चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ। नयाँ तालिकाअनुसार नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेइसँग खेल्ने छ भने अष्ट्रेलियासँग त्यसको पाँच दिनपछि २७ गते प्रतिस्पर्धा गर्नेछ। सबै खेल दशरथ रगंशालामा हुनेछन्।

अहिलेसम्मको पाँच खेलमा नेपालले १ जित र ४ हारसहित ३ अंक जोडेको छ। पाँच राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .