पीएसजीले नेमारको मूल्य २ सय २२ मिलियन यूरोभन्दा बढी भएको बताएपछि बार्सालाई नेमार अनुबन्ध गर्न गाह्रो हुने देखिएको हो।
मार्काका अनुसार लिग वान च्याम्पियन पीएसजी खासमा नेमारलाई अनुबन्ध गर्दा ताकाको खर्च उठाउन चाहन्छ।
सन् २०१७ मा नेमारलाई पीएसजीले बार्साबाट २ सय २२ मिलियन यूरोमा अनुबन्ध गरेको थियो। नेमार अहिलेसम्मकै महंगा खेलाडी हुन्।
यतिबेला नेमार पीएसजी छाड्न चाहिरहेका छन्। उनी बार्सा आउन चाहन्छन्। बार्साले आफूले नेमारको लागि केही खेलाडी र केही रकम दिने वाचा गर्दासमेत पीएसजीले मानिरहेको छैन।
कारण उ नेमारमा खर्च भएको पैसा असुल गर्न चाहन्छ। उसलाई खेलाडीमा भन्दा बजेट बढाउने चिन्ता छ। यस्तो अवस्थामा पीएसजीले बार्साले नेमार अनुबन्ध गर्न चाहे २ सय २२ मिलियन युरोभन्दा बढी तिर्नुपर्ने बताएको हो।
अर्कोतर्फ बार्सिलोनाले एथ्लेटिको मड्रिडबाट ग्रीजम्यान अनुबन्ध गर्ने तयारी समेत थालेको छ। त्यहाँ पनि बार्साको बजेट खर्च हुनेछ।
नेमार र ग्रीजम्यान दुवैले प्रि–सिजनको अभ्यास खेल छुटाएका छन्। पीएसजीले नेमारलाई जरिवाना गर्ने तयारी गरेको छ। पीएसजीले यस अगाडि कुनै खेलाडीको सेलिब्रिटी व्यवहार क्लबमा नचल्ने बताएको थियो।
मार्काका अनुसार अवस्था मिले बार्साले नेमारका लागि आगामी हप्ताबाट छलफल सुरु गर्नेछ।
Shares
प्रतिक्रिया