प्रि–क्वाटर फाइनलबाटै टोटनह्याम बाहिरिएको हो।
पहिलो लेगमा जर्मन टोली आरबी लिपजिगसँग घरेलु मैदानमा १–० ले पराजित भएको टोटनह्याम दोस्रो लेगमा बुधबार राति ३–० ले पराजित भएसँगै समग्र लेगमा ४–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
यसैबीच स्पेनिस फुटबल क्लब भ्यालेन्सिया पनि च्याम्पियन्स लिगबाट बाहिरिएको छ। यससँगै एटलान्टा र आरबी लिपजिग च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेका छन्।
समग्र लेगमा एटलान्टासँग भ्यालेन्सिया ८–४ ले पराजित भएको हो।
प्रतिक्रिया