ad ad

राजनीति


३ प्रतिशत मत पनि नआएपछि पार्टी एकता गर्‍याै‌ं: कमल थापा

३ प्रतिशत मत पनि नआएपछि पार्टी एकता गर्‍याै‌ं: कमल थापा

नेपालखबर
फागुन २८, २०७६ बुधबार ८:४७,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राप्रपाले गत संसदीय चुनावमा तीन प्रतिशत मत ल्याएर राष्ट्रिय पार्टी समेत बन्न नसकेका कारण दुई राप्रपाबीच एकता गर्नुको विकल्प नरहेको बताएका छन्।

राप्रपाको एजेन्डा बलियो हुँदाहुँदै पनि नेताहरुकै कारणले जनविश्वास प्राप्त हुन नसकेको र जनविश्वास प्राप्त गर्न एकताबाहेक अरु उपाय नभएको उनले बताए।

‘त्यसैले यो एकतालाई सार्थक बनाएका छौं। यो एकतासँगै राष्ट्रिय राजनीतिमा सशक्त तेस्रो राजनीतिक धार उदय भएको छ,’ उनले दुई राप्रपाबीच भएको एकतासभालाई संबोधन गर्दै भने। ‘साम्यवादी र समाजवादी धार हावी भएको छ। कम्युनिष्ट र काँग्रेस दुवै नै बामपन्थी र मध्यबामपन्थीहरु हुन् र त्यहि धार हावी भइरहेकाे छ।’

rana-kamal-lohani_1.jpg

कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको राप्रपा संयुक्तबीच बुधबार औपचारिकरुपमा एकता भएको हो।

दुई पक्षबीच पार्टी एकीकरण गर्ने शनिबार बेलुका भएको १०–बुँदे लिखित सहमति बमोजिम सो घोषणा गरिएको हो।

थापा, राणा र लोहनीद्वारा हस्ताक्षरित एकीकरणसम्बन्धी आधारपत्रमा तीनै जना अध्यक्ष रहने गरी पार्टी एकीकरण गरिएको छ भने सो पार्टीको चुनाव चिन्ह ६ महिनाभित्र टुंगो लगाउने सहमति भएको छ।

‘सबै धर्मका बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र हुने र सबै पक्षहरुलाई चित्त बुझ्ने सहमति र साझा संस्थाको रुपमा राजसंस्था सहितको प्रजातन्त्र एकीकरणपछि राप्रपाको मुख्य नीति र सिद्धान्त हुनेछ,’ सहमतिमा बताइएको छ।

bohara-rana-kamal-lohani.jpg

डेढ वर्षभित्र एकिकृत पार्टीको महाधिवेशन गर्ने र त्यतिबेलासम्म थापा, राणा र लोहनी तीन जना एकीकृत पार्टीको अध्यक्ष हुने सहमति गरिएको छ।

महाधिवेशनसम्म पार्टीको दैनिक कार्यसंचालनको लागि तीन अध्यक्ष समेत सदस्य रहने गरी निर्देशन समिति रहने सहमति भएको छ।

तीनैजना अध्यक्षको हैसियत र मर्यादाक्रम समान हुने र निर्देशन समिति, केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता आलोपालो गर्ने सहमति गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .