ad ad

खेल


आहा–रारा गोल्डकपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा सहारा र ब्रिगेड ब्वाइज भिड्ने

आहा–रारा गोल्डकपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा सहारा र ब्रिगेड ब्वाइज भिड्ने

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ६:२१,

आहा–रारा गोल्डकप फुुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्ने भएका छन्।

आयोजक सहारा क्लबले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको १८ औं संस्करणको खेल तालिका सार्वजनिक गरेको हो।

प्रतियोगिताको दोस्रो खेलमा  एपीएफ र झापा–११ फुटबल क्लब खेल्नेछन्।

प्रतियोगितामा ३ विभागीयसहित १० टोली सहभागी छन्। प्रतियोगिताको गत संस्करणको उपाधि थ्रीस्टार क्लबले उचालेको थियो।

प्रतियोगितामा प्रि–क्वार्टरफाइनलका खेलका लागि १ सय रुपैयाँ टिकट तोकिएको छ।

क्वार्टरफाइनलको १ सय ५०, सेमिफाइनलको २ सय र फाइनल खेलका लागि २ सय ५० रुपैयाँ टिकट दर तोकिएको छ। प्रतियोगिताका सबै खेल हेर्न सिजनल टिकटका रुपमा १५ सय रुपैयाँको टिकट तोकिएको छ।

प्रतियोगितामा नेपाल पुलिस क्लबले ६, मनाङ–मस्र्याङदी र थ्रीस्टारले समान ५ तथा अफ्रिकन युनाइटेड र आयोजक सहारा क्लवले १–१ पटक उपाधि आफ्नो पोल्टामा पारेका छन्।

प्रतियोगिताको उपाधि विजेताले १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिता फागुन २२ देखि चैत्र १ गतेसम्म पोखरा रगंशालामा सञ्चालन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .