ad ad

राजनीति


भारतमा मुस्लिमामाथि भएको आक्रमणको इरानद्वारा निन्दा

भारतमा मुस्लिमामाथि भएको आक्रमणको इरानद्वारा निन्दा

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ६:१७,

इरानका विदेशमन्त्री जावेद जरिफले सोमबार दिल्लीमा भइरहेको हिंसाको निन्दा गरे। उनले ट्वीटमा भनेका छन्,‘इरान भारतीय मुस्लिमविरुद्ध भएको संगठित हिंसाको निन्दा गर्दछ।’

जरिफल भनेका छन्,‘भारत र इरान सताब्दियौंदेखिको मित्र हो। हामी त्यहाँका मुस्लिमको ख्याल गर्न र उनीहरुमाथि अन्याय हुन नदिन भारतीय अधिकारीसँग आग्रह गर्न चाहन्छौं। अगाडिको मार्ग शान्तिपूर्ण संवाद र कानूनको शासनमा नै निहित छ।’

इरान अगाडि टर्की, पाकिस्तान र अमेरिकाका राजनीतिज्ञहरुले दिल्लीमा भएको हिंसाको निन्दा गरेका थिए।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिल्ली हिंसाको तुलना जर्मनीमा यहुदीको नरसंहारसँग तुलना गरेका थिए।

दिल्लीमा मुसलमानलाई मारपिट गर्ने, उनीहरुको घर जलाउने कार्य मोदी सरकारले नै गरेको खानले आरोप लगाएका थिए।

मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानून राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ।

नयाँ नागरिकता कानूनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ।

नयाँ कानूनअनुसार धार्मिक आस्थाका आधारमा बङ्गलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दु, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ।

तर तिनै देशमा पीडित भइरहेका कतिपय अल्पसङ्ख्यक मुस्लिमलाई भने यस्तो सुविधा नदिइएको भारतीय मुस्लिम समुदायको गुनासो छ। सोही कारण आन्दोलन चर्किरहेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .