ad ad

प्रविधि


कोरोनाको त्रासपछि ट्वीटरले आफ्ना कर्मचारीलाई घरैबाट काम गर्न भन्यो

कोरोनाको त्रासपछि ट्वीटरले आफ्ना कर्मचारीलाई घरैबाट काम गर्न भन्यो

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ६:२८,

कोरोनाभाइरस विश्वव्यापी बन्दै गएपछि ट्वीटरले सङ्क्रमणबाट जोगिन आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ।

एउटा ब्लगमार्फत् कम्पनीले सो निर्देशन हङ‍्कङ, जापान र दक्षिण कोरियामा रहेका आफ्ना कर्मचारीलाई अनिवार्य लागु हुने बताएको छ।

ट्विटरले संसारभरिका आफ्ना ५,००० कर्मचारीलाई पनि कार्यालय नआई काम गर्न प्रोत्साहन गरेको बताएको छ।

यो निर्देशन ट्विटरले कर्मचारीलाई अत्यावश्यकबाहेक अन्य व्यावसायिक यात्रा र कार्यक्रममाथि रोक लगाएको भोलिपल्ट आएको हो।

ट्विटरको मानवसंशाधन विभागका प्रमुख जेनिफर क्रिस्टीले भनिन्,‘हाम्रो लक्ष्य हाम्रो वरपर र हामीवरपरको विश्वमा कोभिद–१९ फैलिने सम्भावना कम गर्नु हो।’

ट्विटरले केही समययता घरबाट काम गर्ने तरिका विकास गरिरहेको पनि बताइएको छ।

ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले लामो समयदेखि घरबाट काम गर्न कुराको समर्थन गरेका छन् र गएको नोभेम्बरमा उनले छ महिना अफ्रिकामा बिताउने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .