फिफा वरियतामा नेपाल यथास्थानमा कायम छ। फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा यथावत रहेको हो।
वरियतामा छिमेकी भारत १०८ औं स्थानमा छ।
वरियतामा मालदिभ्स १ सय ५४, अफगानिस्तान १४९, कुवेत १४७, चाइनिज ताइपेई १३८ र जोर्डन ९७ औं स्थानमा छन्।
वरियताको शीर्ष स्थानमा वेल्जियम, दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल र चौथो स्थानमा इग्ल्याण्ड यथावत छन्।
प्रतिक्रिया