ad ad

खेल


आईपीएल खेल तालिका सार्वजनिक, सन्दीपको टोलीको पहिलो भेट पञ्जावसँग

आईपीएल खेल तालिका सार्वजनिक, सन्दीपको टोलीको पहिलो भेट पञ्जावसँग

नेपालखबर
फागुन ४, २०७६ आइतबार ७:१५,

१३औं संस्करणको चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल)को खेल तालिका सार्वजनिक भएको छ। आईपीएल चैत १६ देखि जेठ ११ सम्म भारतका विभिन्न सहरमा हुने भएकाे हाे।

यो संस्करणको आईपीएलको उद्घाटन र फाइनल खेल मुम्बईमा हुनेछ। आईपीएलको उद्घाटन खेलमा साबिक विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स भिड्नेछन्।

यसअघि ४४ दिनसम्म हुँदै आएको आईपीएल यो संस्करण ५० दिनसम्म चल्नेछ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चैत १७ मा घरेलु मैदानमा किंग्स इलाभेन पञ्जावसँग प्रतिस्पर्धा गर्नेछ।

चैत १८ मा रोयल च्यालेन्जर ब्यांग्लोरले घरेलु मैदानमा कोलकता नाइटराइडर्ससँग खेल्दै प्रतियोगितामा सुरुवात गर्नेछ। चैत १९ मा सनराइजर्स हैदराबाद र मुम्बई भिड्नेछन्। लिगमा कुल ५६ खेल हुनेछन्।

लिगको अन्तिम खेल जेठ ४ गते सकिनेछ। लिगको अन्तिम खेलमा ब्याङ्ग्लोर र मुम्बई भिड्नेछन्।

मुम्बई इन्डियन्सले हालसम्म ४ संस्करणको आईपीएल ट्रफी उचालेको छ। मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा ट्रफी उचालेको थियो। चेन्नई सुपर किग्संले सन् २०१०, २०११ र २०१८ मा गरी तीनपटक उपाधि जितेको छ।

कोलकता नाइट राइडर्सले २०१२ र २०१४ मा २ पटक ट्रफी जित्दा राजस्थान रोयल्स र सनराइजर्स हैदरावादले एक–एक पटक उपाधि आफ्नो नाममा लेखाएका थिए।

कुन खेल कहिले? 

ipl 44

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .