जापान पुरुष फुटबल टोली उत्तर कोरियाविरुद्धको निलम्बित विश्वकप छनोट खेलको विजेता घोषित भएको छ।
यो खेल गत मंगलबार प्योङयाङमा हुने तालिका थियो, तर उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगन गर्यो। तर, उत्तर कोरियाले खेल रद्द गर्नुको कुनै कारण दिएको छैन।
विश्व फुटबलको सञ्चालक निकाय फिफाले जापानलाई यो रद्द भएको खेलको विजेता घोषणा गरेको छ।
जापान ३-० ले विजयी घोषित भएको छ।
आणविक कार्यक्रमका कारण उत्तर कोरियामाथि धेरै प्रकारका प्रतिबन्ध लगाइएको छ।
उत्तर कोरिया संसारका सबैभन्दा पृथक देशमध्ये एक हो। यहाँ किम जोङ उनले शासन गरिरहेका छन्।
102
Shares
प्रतिक्रिया