एसीसी यू-१९ इस्टन रिजन प्रतियोगितामा सहभागिताका लागि नेपाली युवा टोली आइतबार मलेसिया प्रस्थान गरेको छ।
मंगलवारवाट शुरु हुने प्रतियोगिताका लागि रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली १४ सदस्सीय आयाेजना स्थल मलेसिया प्रस्थान गरेको हो।
प्रतियोगिताको समूह 'ए’मा नेपालसंगै चीन र सिंगापुर रहेको छ। नेपालले पहिलो खेलमा बुधबार चीनसँग खेल्दैछ भने शुक्रबार सिंगापुरसँग खेल्नेछ।
समूह बी मा मलेसिया, भुटान, हङकङ र थाईल्याण्ड रहेका छन् । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन्।
प्रतिक्रिया