कप्तान विनोद भण्डारीको शतकमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशसामु ३२१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मधेस प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा २ सय २० रन बनाउँदा अलआउट भयो।
जारी पिएम कपमा कुनै पनि टोलीले बनाएको यो नै सर्वाधिक योगफल हो।
आर्मीका कप्तान विनोद भण्डारीले १ सय १३ रनको शतकिय पारी खेले। ९३ बलमा ९ चौका र ६ छक्का प्रहार गरेका भण्डारी रन्जित कुमारको बलमा मयन यादवको हातबाट क्याच आउट भए।
भण्डारीले यसअघि सन् २०२१ मा गण्डकी प्रदेशविरुद्ध १ सय ११ रनको शतकीय पारी खेलेका थिए। उनको करिअरको भने यो चौथो शतक हो।
पिएम कपमा दुई शतक प्रहार गर्ने भण्डारी एक्ला विकेट किपर हुन्। यस्तै पिएम कपमा दीपेन्द्रसिंह ऐरीपछि दुई शतक हान्ने भण्डारी दोस्रो खेलाडी हुन्।
एक समय २०.५ ओभरमा १०२ रन बनाउँदा ५ विकेट गुमाएको आर्मीका लागि पाँचौ विकेटका लागि भण्डारी र कुशल मल्लले १ सय ३२ रनको शतकीय साझेदारी गरे।
मल्लले ४४ बलमा २ चौका र २ छक्कासहित ३७ रन बनाउादा क्याच आउट हुन पुगे। सन्तोष कार्कीले ४२ रन थपे। विवेक यादव ३७ रन बनाउँदा क्याच आउट हुन पुगे।
इमरान शेखले २६ र भिम सार्कीले १८ रन बनाउँदा पवेलियन फर्के। बसिर अहमदले १६ रन बनाए। सोमपाल कामी ६ रन बनाउँदा बोल्ड भए। साहब आलम ७ रन बनाउाँद रनआउट भए। सन्दीप रजाली शुन्य रनमा नै आउट भए। जितेन्द्र मुखिया २ रनमा नटआउट रहे।
मधेश प्रदेशका लागि रन्जित कुमार एक्लैले ५ विकेट लिए। उनले ९ ओभरमा ४१ रन खर्चे। विशाल पटेलले ९ ओभरमा ८४ खर्चदै दुई विकेट झारे। रुपेश सिंह र राजेश यादवले समान एक विकेट आफ्नो नाममा गरे।
Shares
प्रतिक्रिया