फिर्दोस अन्सारीको अर्धशतकमा कोशी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबसामु १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कोशी प्रदेश ४४.३ ओभरमा १ सय ३५ रन बनाउँदा अलआउट भयो।
कोशीका फिर्दोस अन्सारीले ५५ रनको योगदान दिए। ८५ बलको सामना गरेका अन्सारीले ८ चौका मद्धतमा ५५ रन बनाउँदा क्याच आउट हुन पुगे।
सोनु अन्सारीले २० रन थपे। कप्तान अंकित सुवेदीले १३ तथा सोनु मन्डलले ११ र आशिष भट्टराईले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
एपीएफका लागि कप्तान रोहित पौडेल एक्लैले ३ विकेट लिए। पौडेलले ७ ओभरमा १ मेडन राख्दै २४ रन खर्चे।
अमर राउटेलाले २ विकेट लिए। उनले ८ ओभरमा १ मेडन राख्दै २२ रन दिए। भुवन कार्की र मौसम ढकालले समान एक विकेट आफ्नो नाममा गरे।
Shares
प्रतिक्रिया