ad ad

खेल


आईसीसी विश्वकप लिग : अमेरिका र ओमानबीचको खेल आज

आईसीसी विश्वकप लिग : अमेरिका र ओमानबीचको खेल आज

नेपालखबर
माघ २३, २०७६ बिहिबार ५:१३,

आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत बिहीबार अमेरिका र ओमानबीच खेल हुँदैछ।

त्रिकोणात्मक सिरिज अन्तर्गत यो दोस्रो खेल हो। पहिलो खेलमा बुधबार भएको थियो। जुन खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो।

अमेरिका र ओमानबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ। यसअघि अमेरिकाले आठ खेलमा छ मा जीत निकाल्दै १२ अङ्क जोडिसकेको छ।

अमेरिका अङ्क तालिकाको शीर्ष स्थानमा छ। ओमान सात खेलमा पाँचमा जीतसहित १० अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ।

दुवै टोलीको लक्ष्य नेपालमा जारी सिरिजका सबै खेल जितेर शीर्ष स्थानमा उक्लिने रहनेछ।

लिग दुईमा सात देश समावेश छन्। आइसिसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो।

लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी सहभागी छन्।

विश्वकपको रोड म्यापको रुपमा रहेको डिभिजन दुईमा हालसम्म स्कटल्यान्ड ९ अङ्क जोड्दै दोस्रो स्थानमा छ। त्यसैगरी आठ अङ्क जोडेको नामिविया तेस्रो, आठ अङ्क नै जोडेको ओमान चौथो, सात अङ्क जोडेको युएई पाँचौ, अङ्कविहीन अवस्थमा रहेको नेपाल छैटौँ तथा पपुवा न्युगिनी सातौँ स्थानमा छ।

यो लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो। लिगमा हालसम्म अमेरिका, स्कटल्यान्ड र पपुवा न्युगिनीले आठ आठ खेल खेलिसकेका छन्।

नामिविया र युएईले सात सात खेल तथा ओमानले छ खेल खेलिसकेको छ।

नेपालले पहिलो सिरिज खेल्दैछ। लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन्। बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरि प्लेअफ खेल्नेछन्।

प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्। विश्वकप छनोट सन् २०२२ मा आयोजना हुने छ।

विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन्।

विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .