ad ad

खेल


इलाम एफसी र वीरगञ्ज युनाइटेड पहिलो हाफमा बराबरी

इलाम एफसी र वीरगञ्ज युनाइटेड पहिलो हाफमा बराबरी

नेपालखबर
मंसिर २७, २०८० बुधबार १८:१३, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) मा स्पोर्टिङ इलाम एफसी र वीरगञ्ज युनाइटेडले पहिलो हाफमा बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलको पहिलो हाफमा इलाम र विरगञ्जले १–१ को बराबरी गर्दै अंक बाँडेका हुन्।

खेलको १५ औं मिनेटमा आशिष चापागाइको गोलमा स्पोर्टिङ इलाम एफसीले सुरुआती अग्रता बनाएको थियो। सुरज बस्नेतले दिएको पासलाई सदुपयोग गर्दै आशिषले सेकेण्डबार च्याप्दै बललाई पोष्टको जाली चुमाए।

१७ औं मिनेटमा विरगञ्जका ओबेड ओसुको कर्नर इलामका अमाथ एनडले क्लीयर गरिदिए। १९ औं मिनेटमा इम्राहिम डिजेटको क्रसमा फोडे कामाराको प्रहार आकाशियो।

३३ औं मिनेटमा विशोन गुरुङको गोलमा विरगञ्ज खेलमा फर्किएको थियो। शुसिल लामाले दिएको लामो प्रयासलाई विसोनले इलामका गोलरक्षक विकेश कुथु अघि बढेको मौकामा उनलाई छलाउँदै गोल गरेका थिए।

३९ औं मिनेटमा विरगञ्जका सुसिल लामाको लामो प्रहार विकेशले सहजै बचाए।

इन्ज्युरी समयमा भरत खवासको कर्नर गुस्तफोले क्लीयर गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .