नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र काठमाडौँ रेजर्सले पहिलो हाफमा बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी गरेका हुन्।
खेलको चौथो मिनेटमा पोखराका मोसेस ग्याबाको प्रहार आकाशियो।
१४ औँ मिनेटमा पोखराका मोसेसको प्रहार अञ्जन राईलाई सेकेण्ड बारमा लाग्दै बाहिरियो। १८ औँ मिनेटमा मोसेसको प्रहार काठमाडौँका गोलरक्षक एञ्जल श्रेष्ठले सहजै बचाए।
२९ औँ मिनेटमा काठमाडौँका जोइ एडोको फ्रिकीक प्रहर पोखराका गोलरक्षक प्रिसोले सहजै बचाए। ३१ औँ मिनेटमा सुशिल कुमार यादवको प्रहार क्रसबारको थोरै माथिबाट बाहिरिदा अग्रता बनाउने मौका गुमायो।
३४ औँ मिनेटमा काठमाडौँका गोलरक्षक एञ्जल श्रेष्ठ विट भइसकेको अवस्थामा मोसेसको प्रहार काठमाडौँका नियाले गोललाईनबाट क्लीयर गर्दा पोखराले अग्रता बनाउने सुन्दर अवसर खेर गयो।
त्यसको एक मिनेटमा नै मासेसको प्रहार राजिव लोप्चनले क्लीयर गर्दा पोखराले अग्रता बनाउने मौका गुमायो।
४० औँ मिनेटमा मोसेसको प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएपनि रेफ्रि नविन्द्र महर्जनले अफसाइड दिदा गोलले मान्यता पाएन।
Shares
प्रतिक्रिया